फिलिपिन्समा आँधीः मृतकको संख्या १ सय ८० नाघ्यो, कैयौँ बेपत्ता

काठमाडौं । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् ।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ ।

अहिलेको आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् ।

यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३ सय ५० को मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्