नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस शेयर बाँड्न डाक्यो चैत्रमा साधारण सभा
काठमाडौं, २३ फागुन । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश पारितको लागि साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर पारित गर्न चैत्र १५ गते शुक्रबार ३० औं वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीले केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे आफ्ना शेयर धनीहरुलाई वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले चैत १ गते देखि १५ गते सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार फागुन ३० गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउने छन् र
कम्पनीके ३० औं वार्षिक साधारण सभाले १३.५० प्रतिशत बोनस अर्थात ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।
हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गरी जारी पूँजी ४ अर्ब पुर्याउने तथा हाल कायम रहेको संस्थापक समूह र विदेशी लगानीकर्ता समूह लाई एउटै समूह(क)मा राख्ने र ुखहटाउने प्रस्ताव पनि रहेको छ । यसपछि (ख)बाट प्रतिनिधित्व हुने संस्थापक सञ्चालक पनि (क) बाटै प्रतिनिधित्व हुनेछ।
यसैगरि २९ औं वार्षिक साधारण सभाबाट शेयरधनी समुह (ख) वर्गबाट निर्वाचित र विज्ञ सञ्चालकको रिक्त सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि सभाले गर्ने छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नेशनल इन्स्योरेन्सले २ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो त्रैमास सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी रेसियो ५४.८७ गुणा बढी छ ।















प्रतिक्रिया दिनुहोस्