राष्ट्रपति बारम्बार किन विवादमा ?
काठमाडौं, फागुन २३ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए ।
शीतलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घण्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो ।
राष्ट्रपतिको सवारीप्रति सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन ।
केही समय यता प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवास बढाउन खोजेको, बिलासी गाडी र हेलिकप्टर किन्न लगाएको भन्दै राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।
त्यतिमात्र होइन, गत दसैंमा राष्ट्रपति निवासमा टीकाजमरा लगाउने कार्यक्रमस्थलमा टीका थाप्नेलाई कुर्सीसमेतको व्यवस्था नगरेको भन्दै उनको आलोचना भएको थियो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्