अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरुलाई भने- दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुस्

काठमाण्डौ , फागुन २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले व्यावसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुपर्ने आवश्यकताा पनि औंल्याए ।

बुधबार काठमाण्डौमा नेपाल पूर्वाधार बैंक लिमिटेडको उद्घाटन गर्दै उहाँले देशमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पूँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गर्दै त्यो अभाव पूर्ति गर्ने दिशामा अघि बढन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराए ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले छिटो मुनाफा लिने होडमा मात्रै ध्यान केन्द्रित गर्न नहुने पनि स्मरण गराए । ४० अर्ब अधिकृत पूँजी र २० अर्ब जारी पूँजीमा स्थापना गरिएको सो बैंकले ४० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गरेको छ ।

बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधार विकासमार्फत सरकारसँग सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्ताहरुलाई सामाजिक लाभांशसमेत प्रदान गर्ने लक्ष्य लिइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्