वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने, रेलले पाँच सय यात्रु बोक्ने
काठमाडौं, फागुन २१ । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।
उनले भने “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।” उनले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस्