नवीकरणीय ऊर्जा परिसंघमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रथम साधारणसभाले नयाँ कार्यकारी समितिमा गुणराज ढकाललाई चयन गरेको छ ।

यसैगरी दुई वर्षको कार्यकालका लागि भएको निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल, कोषाध्यक्षमा हस्त पण्डित तथा कार्यकारी सदस्यमा केशवराज खनाल, कृष्णप्रसाद देवकोटा, विश्वराज कार्की, गोकुल गौतम, तेजनारायण ठाकुर, ऋषबराज आचार्य र कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन्।

साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री तथा परिसंघका सल्लाहकार संयोजक गणेश साहले नवीकरणीय ऊर्जा प्रविधि र व्यापकता विश्वभरी नै बढ्दै गएको र नेपालमा पनि यसको सम्भावना प्रशस्त रहेकाले त्यसको उपयोगमा सम्बद्ध निकायको भूमिका महत्वपूर्ण हुने बताए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले संघीय संरचनाअन्तर्गत संघीय, प्रादेशिक तथा स्थानीय सरकारका साथ सहकार्य गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने र निजी क्षेत्रको सहयोग र सहकार्यमा केन्द्र अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्