नेपाली सेना दिवसको प्रदर्शनका क्रममा दुर्घटना, घाईतेलाई उपचारको लागि वीर अस्पताल लगियो

काठमाडौं । जङ्गीअड्डामा टुडिखेलमा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प देखाउने क्रकमा दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका छन्। सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, जागरण न्युसँग कुरा गर्दै प्रवक्ता ढकालले भने घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको जानकार दिए ।

नेपाली सेनाले महाशिवरात्रीको दिन आफ्नो स्थापना दिवसको समारोहमा विभिन्न कार्यक्रम आयोजना मनाउने गरेको छ । यस वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाई रहको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता, प्रधानमन्त्री, प्रधानन्यायधिश, सभामुख, उप–सभामुख मन्त्रीगण तथा अन्य उच्चपदस्थ व्यक्तीहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्