नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद मंगलबारदेखि खुल्दै

जागरण न्युज
काठमाडौं, २० फागुन । नेपाल इन्सुरेन्स कम्पनी लि.को ६५ प्रतिशत हकप्रद मंगलबार (फागुन २१ गते) देखि बिक्री खुला हुँदैछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

१ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन । यस हकप्रदमा चैत्र २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हकप्रदमा आवेदन ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्