लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा सपथ ग्रहण
काठमाडौं, १९ फागुन । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले शुशिलराज पराजुलीलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा गरेको छ । नवनियुक्त अध्यक्ष शुशिलराज पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बम बहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्त अवस्थी, लुम्बिनी विकास बैंक लि.सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा कम्पनी सचिव हरिकृष्ण सुवेदीको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्