पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौ, १८ फागुन । पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा आज निधन भएको छ ।

नेकपाका नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अधिकारी विगत तिन सातादेखि हृयाम्स अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्