कास्कीमा बस दुर्घटनामा वडा सदस्यको मृत्यु

काठमाडौं । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा गएराती यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।

पोखराबाट भाचोकतर्पm गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा ५ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उता खोटाङमा ढुंगा खानीमा पुरिएर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडकको माथि रहेको ढुंगा खानीबाट ढुंगा निकालिरहेको अवस्थामा ढुंगामाटोले पुरिएर गम्भीर घाइते श्रेष्ठको हिजो बेलुका मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्