दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ ,फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्तगरेका छन्।

उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

हिजो राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ७ महिला, ३ पुरुष र १बालिकाप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु। दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका आफन्त, परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

शुक्रबार राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्