अध्यादेश प्रमाणीकरण गर्न दबाब बढाउदै नेबिसंघ

काठमाडौं नेपाली कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणीकरण गर्न नमानेपछि राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आन्दोलन हुने भएको छ । कांग्रेसको मुख्य भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विरुद्ध आन्दोलन गर्न लागेको हो ।

राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको अडानविरुद्ध शनिबारप्रदर्शन गर्न लागिएको नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिएका छन् । । काँग्रेसले एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले सामान्य अवस्थामा सरकारले सिफारिस गरेको अध्यायदेशलाई स्वतः प्रमाणीकरण गर्ने भएपनि विवादित अवस्थामा सहजै प्रमाणीकरण गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्