कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा
काठमाडौं, १७ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले वित्तिय क्षेत्रमा आफ्नो उपस्थिति र गतिविधिलाई तिब्रता दिएको छ । शाखा विस्तार र सामाजिक उत्तरदायित्व कार्यक्रम तिब्रता दिएको विकास बैंकले आज एक समारोहकाबीच भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा शुक्रबार बिहान भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका अध्यक्ष सुदीप आचार्य, कर्मचारी, पत्रकार लगायतको उपस्थितिमा भिसा डेबिट कार्डको औपचारिक उद्घाटन गरेको हो । उक्त भिसा डेबिट कार्ड बैंकका प्रमुख कार्यकारी अध्यक्ष प्रविण बस्नेतले सोहि बैकका अध्यक्ष सुदीप आचार्यलाई भिसाको पहिलो कार्ड हस्तान्तरण गर्दै यसको सुरुवात गरेका हुन् ।
डेबिट कार्ड सेवा सुरुवातको औपचारिक उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा सुरुवात भएसँगै यसका ग्राहकले नेपाल र भारत, र भुटानमा समेत भिसा डेबिट कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए । साथै, भिसा डेबिट कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझै तिव्रताकासाथ अघि बढाउन सकिने कुरा समेत उल्लेख गरे ।
रहेका भिसा नेटवर्कका सम्पूर्ण मेसिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सकिने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्ज गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । सीईओ बस्नेतले त्योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बनेको र आफ्ना ग्राहक महानुभावहरु लाभन्वित हुने विश्वास व्यक्त गरे ।
बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गरे । उनले यसै गरि तिब्र गतिमा काम गर्दै जाने हो र ग्राहक महानुभावहरुको विश्वास जित्दै जाने हो भने कामना सेवा विकास बैंक विकास बैंकहरुमै पहिलो विकास बैंक बन्ने दिन धेरै टाढा नभएको बताए ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६७ वटा शाखा तथा २० वटा एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्