माछापुछ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण
काठमाडौं, फागुन १७ । माछापुछ्रे बैंकले पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण गरेको छ ।
माछापुछ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी एक कार्यक्रमका बीच पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्तान्तरण गरेका थिए ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने र अब कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न पाउने छन् ।
साथै,सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ, भने पशुपति परिसरमा २४ सै घण्टा प्रयोग गर्न मिल्ने गरि ए.टि.एम. समेत जडान गरि सञ्चालनमा ल्याई सकेको बैंकले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
यस अघि पनि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको थियो ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर र हिमालदेखि पहाड, तथा तराईसम्म आफ्ना ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानबाट ग्राहक महानुभावहरुमा बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११६ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्