कती मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण ?

काठमाडौं । नियुक्त भएको तीन महिन बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझएर भ्रष्टाचार निवारण ऐनलाई चुनौति दिएका हुन् ।

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापालसहित सात मन्त्री र १४ राज्यमन्त्रीले आफ्नै मन्त्रिपरिषदको निर्णय र भ्रष्टाचार निवारण ऐन अवज्ञा गर्दै विवरण बुझाउन आनाकानी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । ६४ मन्त्रीमध्ये २४ जनाले सम्पत्ति विवरण बुझाउ बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

कार्यालयको वेबसाइटमा पनि ४० मन्त्रीले मात्रै विवरण बुझाएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्