तस्बिरमा सांस्कृतिक सम्पदाहरु
काठमाडौं । वि.स.२०७२ को महाभूकम्पले काठमाडौं उपत्यकाका धेरै संरचनाहरु ध्वस्त बनाएपछि ती संरचनालाई दुरुस्तै रुप दिन कठिन भएको छ । एक त प्राचिनकालका जस्ता कालिगढहरु पनि पाईदैन । उती बेला जस्तो प्राकृतिक स्रोत पनि छैन । यति भनिरहँदा हामीलाई भन्न जति सजिलो छ बनाउन उतिनै चुनौतीपूर्ण पनि छ । तर चुनौती छ भन्दैमा आधुनिकता दिनु पनि महाभुल हुन्छ । किन कि काठमाडौं उपत्यकाकालाई चिनाउने विभिन्न पहिचान छ । कसैले मन्दिरै मन्दिरको सहर भन्छन् भने, कला कलाकौशलले भरीपूर्ण, प्रकृतिको बरदान पाएको मनोरम शहर पनि हो काठमाडौं । साथै कान्तिपुरी नगरी भनेर पनि विश्वमा परिचित छ । यहाँका अधिकाँश मठ मन्दिर तथा गुम्वाहरु विश्व सम्पदामा सूचिकृत छन् । काठमाडौं उपत्यकाको चर्चा गरिरहँदा हरेक मठ, मन्दिर, गुम्वा, दरबार, गुठिका आ–आफ्नै संस्कृतिक सम्बन्ध र परम्परा रहेको पाईन्छ । हरेक स्थानका कला कौशल संघ/सस्थाले फरक पहिचान बोकेको छ । यसमा धर्म सस्कृतिसंग जोडिएको छ ।
विश्व इतिहासमा विशेष महत्व राख्ने हाम्रा कलाकौशलको संरक्षण गर्नु सबैको कर्तव्य हो भनिएता पनि व्यवहारमा भने त्यो पाईदैन । राज्यका हिमायतीले त्यसलाई ध्वस्त पारी आधुनिकतामा ढाल्न खोज्दैं छन् । यसले गर्दा पहिचान गुमाउँदै जाने क्रम बढेको छ । यहाँका कला कौशललाई उपयोग गरि पर्यटक भित्र्याउनुको साटो यसलाई बिजनेस कम्प्लेकस् बनाउते तर्फ राज्यको ध्यान केन्द्रीत भएको छ । विश्वको शक्तिशाली मुलुक चीनले आफ्ना पुरातात्विक वस्तु र काला कौशल निर्माणको लागि नेपालको मल्ल वंशको शासनकालताका प्रसिद्धी कमाएका कालीगढ अरनीकोलाई तिब्बत लगेर नेपालको जस्तै कलाकौशल निर्माण गर्न लगाएको इतिहास पनि छ । नेपालको मौलिक कलाप्रति तात्कालिन चिनियाँ शासकहरु कति आकर्षित थिए भन्ने कुरा वर्णन गरिरहनु नपर्ला, कलाकारिता र कारीगढिमा यति धनि हामी नेपाली अहिले भने पहिचान जोगाउने भन्दा ध्वस्त बनाउने लागि परेका छौं ।
किराँतवंश, गोपालवंश मल्लकालीन पुरातात्विक र धार्मिक महत्व बोकेका मठ मन्दिर तथा दरबारहरुलाई तोडमोड गरेर आधुनिकता दिन खोजिएको छ । काष्ठ तथा शिलामा कुदिएका चित्र, आकृति, देवि देवता मूर्तिले पूरातात्विक महत्व झल्कने सबै संरचनालाई आधुनिता दिँदै जाने र बिजनेसपार्क निर्माण गर्दै जाने हो भने एक दिन नेपालको साँस्कृतिक धरोहर नै मेटिने आवस्था नआउला भन्न सकिंदैन । वास्तवमा भन्ने हो भने नेपालको पहिचान नै तिनै धरोहर हुन् । यसलाई उपयोग गर्दै देश विदेशमा यसको प्रचार प्रसार गरेर नेपाललाई पर्यटकिय नगरीको रुपमा विकाश गर्न सकिन्छ ।
तस्बिर: ध्रुब थापा /मनोरथ नेपाल





























प्रतिक्रिया दिनुहोस्