सुर्खेतमा भएको आगलागीबाट ४ करोड बराबरको क्षति

काठमाडौं। सुर्खेतमा गयराती विभिन्न पसलहरुमा आगलागी भएको छ ।सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा गएराती भएको हो ।आगलागी हुँदा ४ करोड ३३ लाखको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् ।

विधुतको तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गएराती पौने १० बजेदेखी शुरु भएको आगो बिहान साढे सात बजेसम्म पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भैइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी गणेश चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्