मन्त्रीसहित दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव काठमाडौ ल्याईंदै, परीक्षणपछि श्रदाञ्जलीका लागि टुंडिखेलमा राखिने

काठमाडौ, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याईंदै छ । शव काठमाडौ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने ठहर सहित काठमाडौ ल्याइने निर्णयपछि काठमाडौ ल्याईंदै छ। तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौतर्फ ल्याउन ढिलाइ भइरहेको छ । मन्त्रीसहित दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव काठमाडौ ल्याई परीक्षणपछि श्रदाञ्जलीका लागि टुंडिखेलमा राखिने छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा हेलिकप्टर सवार सबै जनाको निधन भएको थियो । उक्त हेलिकप्टरमा सात जनाको सवार थियो ।

 

प्रतिक्रिया दिनुहोस्