माछापुच्छ्रे बैंकको नयाँ शाखा ठाकुरद्वारामा शुभारम्भ

काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गर्नुभएको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । एटीएमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले गर्नुभयो । बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्