निर्देशकको घरमा डेरामा बस्थे मधुसुदन ‘सिते बा’

 

 

 

 

 

-मनोरथ नेपाल:
मधुसुदन पाठक जो हास्य टेलीश्रृंखला भद्रगोलमा ‘सिते बा’ को अभिनयबाट परिचित छन । उनको अभिनयको क्यारिकेचर गर्छन् केटाकेटिहरु अनी बुढापाका । भद्रगोलमा जस्तै जुंगा पालेका छन उनले । चिटिक्क परेर स्मार्ट भएर हिंड्ने उनको सानै देखिको बानी हो । ३० बर्षका युवा मधुसुदन पाठकको बाल्यकाल गृहजिल्ला काभ्रे पाँचखालमा बित्यो । बाबु गोपिकृष्ण पाठकका कान्छा छोरा मधुसुदन सानैदेखि चटपटे अनी चकचके स्वभावका मात्रै हैनन उनी हक्की अनी खरो स्वभाबका पनि छन ।

अहिले काठमाडौंमा संयुक्त परिवारमा नै बस्छन मधुसुदन । उनी कलाकारितामा प्रवेश गरीसकेपछि बाबुले मास्टरी पेशाबाट अवकास लिएर छोरालाई साथ दिए हौसला दिए । ‘मैले आजसम्म जती नाम कमाए जती दर्शकको मा“या पाएँ यसको श्रेय मेरा बाबुआमालाई नै जान्छ’ उनी भन्छन ।

कलाकारितामा लाग्न सजिलो भएपनी त्यसलाई निरन्तरता दिन साह्रै कठिन काम हो, उनी भन्छन् । सानैदेखी उट्फट्याङ गर्ने मधुसुदन (सीते बा) लाई क्यारिकेचर गर्ने सौख भएकोले गर्दा अभिनय गर्न पनि चाडै सिके । तर उनलाई आज टेलिभिजनको पर्दासम्म ल्याउनको लागि केही वर्ष अगाडि थाइल्यान्डमा एउटा स्टेज प्रोग्रामले निकै सजिलो बनाइदियो । उनी मेरो एफ. एम. मा कार्यक्रम प्रस्तोता भएको हुनाले उनलाई त्यतिबेला सिताराम कट्टेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली) जसलाई उनी मामा माइजु भन्छन उनैले मुधुसुदनलाई थाइल्यान्डको स्टेज प्रोग्राममा उद्घोषण गर्ने जिम्मा दिए । हजारौ दर्शकहरुको अगाडि पहिलोपटक प्रत्यक्ष रुपमा प्रोग्राममा उद्धघोषण गरे तर उनैलाई थाहा थिएन कि त्यती राम्रो बोल्ने कला क्षमता उनिमा रहेछ भनेर ।

१६ दिन थाइल्यान्डमा स“गै टिमस“ग बस्दा उनलाई कलाकार भनेको को हो कलाकारीता के हो बल्ल थाहा पाएँ, बताउँछन् उनी । उनमा भएको कला खुबी छर्लंग भयो । हास्य टेलीश्रृंखला भद्रगोलका त्यतिबेलाका निर्माता सुभास कार्कीको घरमा डेरा गरी बसेका मधुसुदनलाई निर्माता निर्देशकले पनि उनको खुबिको खुलेर प्रसंसा गर्दै भद्रगोलमा प्रवेश गराइ ‘सिते बा’ को अभिनय गर्ने जिम्मा दिए र चाडै नै दर्शकको अपार माया पाइ चर्चित भए । अहिले पनी कुरामा कुरा चल्दा उनको थेगो ‘ए हो ? ठिकै छ’ भन्छन । भेट्न आउनेलाई पनि रमाइलो अनुभुती दिलाउँछन ।

हाइस्कुल उतिर्ण गरी बि ए पढ्दै गर्दा कामको व्यस्तताले पढाइबिचैमा छोड्नु पुर्यायो उनी अहिले पछुतो मान्छन । उनी कलाकारीता गर्दै गर्दा सहकारी क्षेत्रमा पनि आÏनो समय दिंदै गए र आज ‘सीते बा गू्रप अफ कम्पनी’ अन्तर्गत जेस्ट क्लब नाट्यालय, जेस्ट ब्याडमिन्टन एकेडिमी, जय गोर्खाज प्रा. लि, जेस्ट ब्वाइज होस्टल, सीते बा ट्रेड एण्ड सप्लायर्स, सीते बा सोलमारी क्याफे जस्ता दर्जनौ संस्थाका कार्यकारी निर्देशक छन । बसुन्धरा ट्राफिक प्रहरी चौकीबाट अलिकती दक्षिण तर्फ लागेर २०० मिटर जती पुर्व लाग्दा देखिन्छ जेष्ठ क्लब नाट्यालय हेल्थ एण्ड फिट्नेस क्लब । उनको फिट्नेस क्लबमा डाक्टर इन्जिनीयरदेखी पाइलट सम्म आउने गर्छन् । बिहानको समयमा १५० देखि २०० जना सम्म आउछन् । टिमवर्क सधैं सफल हुने विश्वास गर्ने मधुसुदन टिमवर्कमै रहेर एउटा भिजन लिएर अगाडि बढेका छन । हाल उनले समुहमा लगानी गरेर काठमाडौंको टोखामा ‘सीते बा अग्र्यानिक कृषि फार्म’ पनि खोलेका छन जहाँ २० वटा गाई ४ वटा भैंसी छन् अनी १० घार माउरी अनी तरकारी खेती गर्न २० वटा टनेल बनाई तरकारी उत्पादन गर्दै आएका छन । यसरी उनी कलाकारीतासंगै व्यवसाय पनि लिप्त छन् ।

प्रतिक्रिया दिनुहोस्