एपीएफ टोलीद्वारा आगूऔषधसहित एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुर नवलपरासीबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
नवपलपरासी जिल्लाको सुनवल नगरपालिका ४ बस्ने २८ वर्षिय बात्रुल खाँनलाई स्पास्मो प्रोक्सिभन ३२ वटा, नोइट्रोभेट आठ वटा र चार बोतल कोरेक्ससहित एपीएफ टोलीले पक्राउ गरेको हो ।
उक्त पोष्टबाट सशस्त्र प्रहरी हवल्दार दिपक पाठकको कमाण्डमा खटिएको एपीएफ टोलीले सोही जिल्लाको पालिनन्दन गाउँपालिका २ स्थित गोपालपुर भन्ने स्थानमा जाँच गर्ने क्रममा उनलाई उल्लेखित आगूऔषधसहितै पक्राउ गरेको हो ।
पक्राउ परेका निज खाँँनलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहितै स्थानीय प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्