पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना अपडेट: हेलिकप्टर जलेर टुक्रा-टुक्रा!  ५ जनाको शव भेटियो

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्