मन्त्रि अधिकारी सहित चढेको विमानस्थल दुर्घटना भएको पुष्टि, दुर्घटना शंकास्पद

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको विमानस्थल कार्यालयले पनि पुष्टि गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर आज ताप्लेजुङको पाथीभरा नजिकै दुर्घटना भएको विमानस्थल कार्यालयको एयर कन्ट्रोलरले जनाएको हो।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए।

वाईडबडी अनियमीतता प्रकरण निशकर्ष नआइरहेको बेला र छानबिनको प्रक्रियामा रहेको बेला यो दुर्घटनाले संकास्पद हो कि भन्ने आशकाँ पैदा गरेको छ । खोजतलासको ताली सुरक्षकर्मी परिचालन गरिएको छ ।  विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्