स्पर्श लघुवित्तको आईपिओ फागुन २६ गतेदेखि खुल्ने
जागरण न्युज
काठमाडौं, १५ फाल्गुन । स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ । लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको हो ।
लघुवित्तको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ ।
आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म आवेदन गर्ने पाइनेछ । तर १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले लघुवित्तको आइपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।
आईपिओमा निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन । मेरो शेयरबाट पनि आईपिओ भर्ने सुविधा रहेको छ ।
कम्पनीले कूल लाख ६९ हजार ६३० कित्ता साधारण शेयर जारी गर्न लागेको हो । एक हजार ३४८ कित्ता (०.५%) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५%) छुट्टाएर बाँकी २ लाख ५२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन ।
आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्