कामना सेवा विकास बैंककोे ६८औैं शाखा जनकपुरमा शुभारम्भ
काठमाडौं, १४ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा मंगलबार आफ्नो ६८औ. शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउनु हुँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगि सकेको र व्यापार विस्तारलाई तीव्रतादिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शिघ्र रुपमा सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको जानकारी दिनुभयो ।
बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा खोल्नुले पनि बैंक आक्रमक रूपमा शाखाविस्तार गरि रहेको बुझिन्छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायत माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।














प्रतिक्रिया दिनुहोस्