अमेरिकाको उपराष्ट्रपति मिक पिन्स अफगानिस्तान भ्रमणमा

क्रिसमसको पूर्वसन्ध्या पारेर अमेरिकी उपराष्ट्रपति मिक पिन्स अमेरिकी सैनिकसँग भेटघाटका लागि अफगानिस्तान पुगेका छन् ।

सो भ्रमणको क्रममा पिन्सले बिहीबार राति अफगानी राष्ट्रपति असरफ घानीसँग भेटघाट गरी काबुल र वासिङटनबीचको सामरिक साझेदारी, अफगानिस्तानको सुरक्षा लगायतका उपयोगी विषयमा छलफल भएको एक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।
अफगानिस्तान आतङ्कवादले तहसनहस पारेको देश हो जहाँ उच्चस्तरीय विदेशी अधिकारीहरु अघोषित रुपमा भ्रमण गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्