नागबेलीले ९.३८% बोनसपछि २५% हकप्रद जारी गर्ने, साधारण सभा कहिले ?
जागरण न्युज
काठमाडौं, १४ फाल्गुण । नागबेली लघुवित्त वित्तीय संस्थाले चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । लघुवित्तले ९.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यसैगरी, लघुवित्तले बोनस वितरणपछि कायम हुने पुँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि लैजानेछ ।
साधारण सभा झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि फागुन २९ देखि चैत १५ गतेसम्म बुक क्लोज हुनेछ । फागुन २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित ९.३८ प्रतिशत बोनस पाउनेछन ।
लघुवित्तको हाल चुक्ता पुँजी १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्