नाडेप लघुवित्तको दोस्रो त्रैमासिक बिवरण, नाफामा भारी गिरावट
काठमाडौं १३ फाल्गुन । धादिङ्ग जिल्लाको जगुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा ५० प्रतिशत भन्दा बढीले घटेको छ । अघिल्लो वर्षकोे दोस्रो त्रैमासमा ३ करोड ६ लाख रुपैंयाँ खुद नाफा कमाएको नाडेपले यस वर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैंयाँ मात्र नाफा आर्जन गरेको छ । यो अघिल्लो बर्षको तुलनामा करिब ५३ प्रतिशतले कमी हो ।
नाडेपको नाफा घट्नुमा प्रोभिजन मुख्य कारण रहेको छ । नाडेपले अघिल्लो त्रैमासमा रहेको ऋणको जोखिम बापतको २५ लाखबाट बढाएर ३ करोड ३३ लाख पुर्याएपछि नाफामा यस्तो गिरावट देखिएको हो । नाडेपको निष्क्रिय कर्जा अनुपात पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेर ४.३४ प्रतिशत पुगेको छ ।
नाडेपले कर्जा प्रवाहको आकार भने उल्लेखनीय रुपमा बढाएर ३ अर्ब २८ करोड पुर्याएको छ । त्यस्तै सदस्य संख्या पनि अघिल्लो त्रैमासभन्दा करिब ५ हजारले बढाएर साढे ६८ हजार पुर्याएको छ । धादिङको जिल्लाको गजुरीमा मुख्य कार्यालय रहेको नाडेपले अघिल्लो वर्ष मात्र सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो, भने गत मंसिरमा १बराबर १ हकप्रद शेयर जारी गरेको छ ।















प्रतिक्रिया दिनुहोस्