उन्नति माइक्रोफाइनान्सको २० प्रतिशत हकप्रद बिक्री खुल्ला

जागरण न्युज
काठमाडौं, १३ फाल्गुन । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सोमबार (फागुन १३ गते) देखि २० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला भएको छ ।

वित्तीय संस्थाले ५ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । वित्तीय संस्थाको यस हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदको भर्ने म्याद चैत्र १७ गतेसम्म रहेको छ ।

यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । आवेदन वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ । हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रदपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
यसैगरि, माइक्रोफाइनान्सको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५० प्रतिशत बोनस र २.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अहिले बिक्री गर्न लागिएको २० प्रतिशत हकप्रद र यो बोनसपछि चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले यस पुँजीबाट फेरि अर्को २० प्रतिशत हकप्रद निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्