महुली सामुदायिक लघुवित्तको शेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमाडौं, १३ फाल्गुन । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूह तर्फको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्ने सोमबार (फागुन १३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले फाल्गुन २ गतेदेखि लिलामी सेयर खुला गरेको हो । कम्पनीले यसअघि गत मंसिर ११ देखि पुस १६ गतेसम्म ५० प्रतिशत ९३ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

लिलामीमा लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं सहित महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजार तथा सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्