कामना सेवाकोे ६६औं शाखा काठमाडौंको चाबहिलमा पनि खुल्यो
काठमाडौं, १२ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा आज एक समारोहकाबीच आफ्नो ६६औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नु भएको थियो । बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी लगायतको उपस्थितिमा रहको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले चावहिल शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताउनु भयो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका संघीय राजधान तथा अन्य पदेश लगायत विभिन्न भागहरुमा ६६ वटा शाखा तथा २० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया दिनुहोस्