नेपाली काँग्रेस मुख्यालयमा झडप, प्रहरीद्वारा लाठीचार्ज
काठमाडौँ, फागुन १२ । नेपाली काँग्रेस मुख्यालयमा झडप भएको छ ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको हो ।
विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जले दुई पक्षबीच झडप भएको हो ।
निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
काफ्ले समूहले ३२ वर्ष मूनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्दै आएको छ ।
यता, संस्थापन पक्षबाट उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रशर्दन गरेको छ । उनीहरुले नेताहरुमाथि दुर्वव्यवहार गरेको पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेको हुन् ।
गत बिहिबार उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यहार गरेको संस्थापन पक्षको आरोप छ । यद्यपि काफ्ले समूहले नेताद्वयले आफूहरु माथि हातपात गरेको दावी गर्दै आएको छ ।
जसकारण आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयको मुल गेट प्रवेशमा रोक लगाइएको छ ।
साथै अरु दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलाई मात्र प्रवेश गर्न दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्