सहयोगी बिकास बैंकको १७ प्रतिशत नगद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १२ फाल्गुण । सहयोगी विकास बैंकको १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतबार (फागुन १२ गते) अन्तिम दिन हो । सहयोगीले साधारण सभा प्रयोजनका लागि सोमबार (फागुन १३ देखि २५ गतेसम्म) देखि बुक क्लोज गर्ने भएको छ । बैंकले १७ प्रतिशत नगद लाभांश सहितका महत्वपूर्ण प्रस्ताव अनुमोदन गर्न फागुन २५ गते साधारण सभा बोलाएको छ ।
साधारण सभा होटल मानकि इन्टरनेसनल प्रा.लि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे साधारण सभा बस्नेछ । सहयोगी पनि आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि तयार देखिएको छ ।
यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।















प्रतिक्रिया दिनुहोस्