हात्तिपाईले औषधि सेवन अभियान फागुन १५ गतेदेखि, किन हुन्छ, कसरी बच्ने जानकारी राखौं

काठमाडौं, ११ फागुन । सरकारले हात्तिपाईले रोग निवारण तथा नियन्त्रणका लागि विभिन्न जिल्लाहरुमा आगामी फागुन १५ गतेदेखि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।
हात्तीपाइले रोग सङ्क्रमित पोथी जातको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग लागेका मानिस अशक्त, अपाङ्गसमेत हुने गर्दछन् ।
यस वर्ष पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका १५ जिल्लामा यो अभियान सञ्चालन हुनेछ । बर्दिया हात्तीपाइले रोगबाट सबैभन्दा बढी सङ्क्रमित जिल्ला हो ।
समाजको हेय व्यवहारकै कारण कुष्ठरोगीहरू छिटो उपचारमा जान नसकेको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा रवीन्द्र बाँस्कोटा बताउँछन्। उनले भने, ‘समयमै उपचार नजाने तथा रोग लुकाएर लुकाउने प्रवृत्ति अहिले पनि छ।’ कुष्ठरोगबारे जनचेतना कमी, समाजको घृणित व्यवहा, दृष्टिकोण हिचकिचावटले गर्दा आदिले गर्दा बिरामीहरू समयमै उपचारमा नआउने र रोग लुकाएर राख्ने हुनाले यसको उपचार पहिचा , तथ्यांक संकलनमा समेत समस्या परेको सरोकारवाला बताउँछन् ।

चिकित्सकका अनुसार अहिले पनि समाजमा कुष्ठरोगलाई निको नहुने रोगकै रूपमै हेरिन्छ । यसकारण रोगले भन्दा पनि सामाजिक अवहेलनाले बिरामी बढी चिन्तित हुने गरेका छन्।
कुष्ठरोगबारे व्याप्त रुढीवादी सोंचमा परिवर्तन आउन नसकेकै कारण सबै कुष्ठरोगीको रोग समयमै पहिचान हुन नसकेको डा. बाँस्कोटा बताउँछन्। सन् २०१० मै नेपालले कुष्ठरोग निवारण घोषणा गरे पनि पछिल्ला वर्षहरूमा नयाँ कुष्ठरोगीको संख्या बढ्दै गएको नेपाल कुष्ठरोग निवारण केन्द्रले जनाएको छ। पछिल्लो वर्ष प्रदेश नम्बर २ का जिल्लामा यस रोगका नयाँ बिरामी फेला पर्ने दर बढेको छ। कुष्ठरोग उपचारमा संलग्न चिकित्सकका अनुसार उक्त रोगकै कारण भन्दा पनि सामाजिक अवहेलना र हीन भावनाले बिरामी बढी चिन्तित देखिन्छन्। अहिले समाजमा कुष्ठरोगलाई निको नहुने रोगकै रूपमै हेरिने कारण बिरामी बढी चिन्तित हुने गरेका हुन्। ‘रोगको शंका भए पनि समाजले के भन्ला भन्ने डरले सकेसम्म उपचारमा जाँदैनन्, स्थानीय उपचारको भरपर्दा ढिला भइसकेको हुन्छ’ नेपाल कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन केन्द्रका प्रमुख डा. बाँस्कोटाले भने ।

तथ्यांकअनुसार हाल नेपालका १८ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन। स् २०१० मा कुष्ठरोग निवारण घोषण भए पनि पछिल्ला वर्षहरूमा केही जिल्लामा नयाँ बिरामी देखापर्ने क्रम बढिरहेको छ । यसले सन् २००० भित्रमा कुष्ठरोग पूर्ण रूपमा निवारण गर्ने सरकारको लक्ष्य अन्योलमा परेको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ । निवारण घोषणा गर्दा १२ जिल्लामा कुष्ठरोग निवारण भएको थिएन । पछिल्लो समय थप ६ जिल्लाबाट बढेर कुष्ठरोग १८ जिल्लामा फैलिएको छ ।

कुष्ठरोग वृद्धि भएको पछिल्लो स्थितिले निवारण बल्झिने जोखिम देखिएको शाखाका प्रमुख डा। बाँस्कोटा बताउँछन्। उनले भने, ‘निवारण हुनाका लागि नयाँ बिरामीको संख्या एकभन्दा कम हुनुपर्छ, तर केही जिल्लामा वृद्धि भइरहेको छ।’ उनका अनुसार कुष्ठरोग वृद्धि हुँदै गएका जिल्लाहरूमा बारा, पर्सा, नवलपरासी, कपिलपस्तु, बाँके, बर्दिया, रुकुम, कैलाली, अछाम, कञ्चनुपुर, रूपन्देही, झापा, मोरङ, धनुषा, सर्लाही, रौतहट रहेका छन् ।

सन् २०१० मा कुल कुष्ठरोगको दर ०.७७ रहेकामा हाल बढेर ०.९४ पुगेको छ । यीमध्ये पनि प्रदेश नम्बर २ का जिल्लाहरूमा कुष्ठरोग उच्च दरमा फैलिरहेको केन्द्रले जनाएको छ। यी जिल्लाहरूमा कुष्ठरोगको वृद्धि दर एकभन्दा बढी छ। सन् १९८९ यता नेपालमा कुल १ लाख ९३ हजार कुष्ठरोगीको उपचार भइसकेको छ। निवारण हुनाका लागि प्रति १० हजारमा एक जनाभन्दा कममा कुष्ठरोग हुनुपर्छ । सन् २०१० मा प्रतिवर्ष नयाँ बिरामी हुने दर २४ सय थियो भने हाल ३ हजार ३ सय पुगेको छ ।
निवारण दरभन्दा वृद्धि उच्च हुन थालेपछि सरकारले हरेक वर्ष केही जिल्लाहरूमा कुष्ठरोगी खोजी–खोजी उपचार गर्ने कार्यक्रम अघि सारेको छ। अहिले यस्तो अभियान प्रभावित चार जिल्लाहरू कैलाली, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा सञ्चालन भइरहेको छ। पछिल्लो समय खोजी–खोजी उपचार गर्ने अभियानका कारण पनि कुष्ठरोगी पत्ता लागेर संख्या बढेको हुन सक्ने सरोकारवालाहरूको अनुमान छ। दोस्रो कारण, तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएका छन् भने भारतमा कुष्ठरोगी बढी भएकाले नियन्त्रणमा उत्तिकै चुनौती छ । भारतमा प्रतिवर्ष १ लाख ३५ हजार नयाँ कुष्ठरोगी फेला पर्ने गरेका छन् ।

तेस्रो कारण, तराईका कतिपय जातजाति तथा समुदायको सांस्कृतिक, सामाजिक तथा आर्थिक पृष्ठभूमि पनि कुष्ठरोग बढाउने कारक तव बनिरहेका छन् । जस्तो, तराईका मुसहर तथा डोम जातिहरू सानो छाप्रोमा एकै ठाउँमा सुत्नुपर्ने बाध्यताका कारण कुष्ठरोगका किटाणु एकबाट अर्कोमा सर्ने वातावरण बनेको छ । चौथो कारणमा संक्रमितहरू समाजको डर तथा लाजले खुलेर उपचारमा जान सक्ने अवस्था छैन । कतिपय कुष्ठरोगी अझै पनि उपचार पहुँचको अभावमा पनि गाउँमै झारफुक गरेर बस्नुपर्ने अवस्था रहेक शाखा प्रमुख डा.बाँस्कोटाको बनाइृ छ ।

को–को छन् जोखिममा ?
–औषधि सेवन नगरेका कुष्ठरोग संक्रमितसँग लामो समय नजिक बसेर काम गर्नेहरू
–बिरामीको परिवार तथा नजिकका छिमेकीहरू
–तराइमा पिछाडिएका तथा विपन्न समुदाय
–वैदेशिक रोजगारीका लागि भारत तथा खाडी मुलुक जानेहरू
–कुष्ठरोगीको सम्पर्कमा पुग्ने जो कोही

कसरी सर्छ ?
माइक्रो ब्याक्टेरियम लेप्रे नामक किटाणुका कारण कुष्ठरोग हुन्छ। जुन संक्रमितको श्वास–प्रश्वासको माध्यमबाट सर्छ। तर यो क्षयरोगजस्तै सजिलै सर्दैन। यो किटाणु सय जनामा सरेमा दुई जनालाई मात्र रोग लाग्छ। किनकि शरीरमा प्रतिरक्षा क्षमता बलियो भएकाहरूमा किटाणु सरे पनि बाँचिरहँदैन। तर जसको प्रतिरक्षा क्षमता कमजोर छ उसको शरीमार भने यो किटाणुले सजिलै संक्रमण गर्छ।

यो किटाणु शरीरभित्र प्रवेश गरेको दुई वर्षदेखि पाँच वर्षभित्र लक्षण देखाउन थाल्छ। जस्तो, छालामा दाग देखिन्छ। रोग छिप्पिँदै गएमा अनुहारको छाला तथा कानको लोती बाक्लो हुने, हातखुट्टा झमझम गर्ने तथा अपांगता हुनेजस्ता समस्या आउँछन्। सुरुमा स्नायु झमझम गर्ने हुन्छ। नसामा भयो भने छिटो अपांगता हुन्छ। छालामा मात्र भयो भने ढिला हुन्छ। चिउँडो, पिठ्युँ र नितम्बमा लक्षण देखाउँछ। दागबाहेक नसा मोटो हुने लक्षण देखिन्छ।

यो रोगको किटाणु शरीरको बाह्य तथा चिसो भागमा बस्न रुचाउने भएकाले स्नायु तथा छालामा असर गर्ने चिकित्सक बताउँछन्। शरीरमा जतिसुकै किटाणु फैलिएको अवस्था रहे पनि उपचार सुरु गरेपछि अन्य व्यक्तिमा सर्दैन। समयमै उपचार गरिएन भने यसले शरीरका स्नायु र छालामा असर गरी अपांगता हुने र अंगभंग हुने समस्या आउने चिकित्सक बताउँछन्।

उपचार
नेपालमा सरकारी निकायको कुनै पनि कुष्ठरोग केन्द्रीय र स्थानीय छुट्टै अस्पताल छैन। तर विभिन्न दातृ निकायहरूले सञ्चालन गरेका हरियो वन पोखरा कुष्ठरोग अस्पताल, आनन्द वन अस्पताल (ललितपुर), साइनिङ नेपाल अस्पताल (नेपालगन्ज) र लालगढ अस्पताल (धनुषा) छन्। तर सबै अस्पतालका छालारोग विभागमा यो रोगको पहिचान हुने गरेको छ। औषधि भने सबै सरकारी स्वास्थ्य संस्थामा पाइन्छ। सरकारी स्वास्थ्य चौकीमा यो औषधि पाइन्छ। शरीरमा कुष्ठरोगको किटाणु धेरै भएको अवस्थामा एक वर्ष नियमित औषधि खानुपर्छ। कम किटाणु भएको अवस्थामा ६ महिना औषधि खाए निको हुन्छ।

लक्षणहरू
–औलाहरू बांगिने
–नसाहरू झमझम गर्ने
–कानको लोती बाक्लो हुने
–नितम्ब, चिउँडो, पिँठ्युमा रातो–सेतो दाग देखिने
–बाहिरी सतहका स्नायु मोटो हुने
–हातखुृट्टा झमझम गर्ने
–शरीरमा गिर्खा देखिने
–अनुहारको छाला रातो र बाक्लो हुने
–उपचार ढिला भएमा आँखा तथा हातखुट्टामा पनि अपांगता हुन्छ।

प्रतिक्रिया दिनुहोस्