राष्ट्रिय पार्टीको बैठकमा चर्का चर्की, बिना निष्कर्ष सकियो

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गर्नका लागि आह्वान गरेको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बिना निश्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल भएपनि विना सहमती टुङ्गीएको वालुटार स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा र पैदेश सभा निर्वाचनपछि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राखेका थिए । तर, एमाले अध्यक्ष केपी शर्माओलीले देउवाको भनाईमाथि प्रतिकार गर्दै आफूहरु उक्त अध्यादेश नमान्ने चेतावनी दिए । दुवै नेताविच चर्काचर्की भएको थियो ।
वैठकमा सहभागी माँग्रेस नेता विमलेन्द्र निधिका अनुसार ‘प्रधानमन्त्रीले आफू सरकार छोड्न तयार रहेको धारणा राख्नुभयो, तर उहाँले राष्ट्रपतिले अध्यादेश स्विकृत गर्नुपर्ने बताउनुभयो।’

बैठकमा सहभागी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राखेको निधिले जनाए । उनका अनुसार राजपाका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि एकल संक्रमणीय व्यवस्थाको पक्षमा रहेको दावी गरे ।

तर बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने मध्यमार्गी बाटो अपनाउँदै सम्वादलाई जारी राख्नुपर्ने धारणा राखेको बताइएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली, माधव कुमार नेपाल, सुवास चन्द्र नेम्वाङ्ग, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायण काजी श्रेष्ठ, राम बहादु थापा, राष्ट्रिय जनता पार्टीका संयोजक महन्त ठाकुर, संघीय समाजवादी फोरम राष्ट्रिय पार्टीका संयोजक उपेन्द्र यादव उपस्थित रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्