गोर्खाज फाइनान्सको २४औँ वार्षिक साधारणसभा सम्पन्न , निक्षेप वृद्धि ३६ प्रतिशतभन्दा माथि

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार नक्सालको सेलेब्रेशन ब्याङकेटमा उक्त सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७४÷७५ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई तोकिएको न्युनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउने वित्त कम्पनीमा दोश्रो संस्थाको रुपमा रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

फाइनान्सले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा नाफा १७१ प्रतिशतले वृद्धि गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सले ६ करोड ९ लाख खुद नाफा गरेको छ । गत वर्षको पहिलो ६ महिनामा २ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सभामा संस्थाका अध्यक्ष प्रेमबहादुर खापुङले आगामी आर्थिक वर्षमा सेयरधनीलाई निश्चित रुपमा लाभांश वितरण गर्ने बताएका छन् । उनले चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरणलाई आधार मानेर सो कुरा जानकारी गराएका हुन् ।

२०७४ साल पुस मसान्तमा फाइनान्सले ४ अर्ब निक्षेप संकलन गरेकोमा २०७५ पुससम्ममा ५ अर्ब ५२ करोड निक्षेप पुर्याएको छ । यस अवधिमा फाइनान्सको निक्षेप वृद्धि ३६ प्रतिशतभन्दा बढी छ ।

यस अवधिमा कर्जा लगानी ३ अर्ब ४२ करोडबाट ४ अर्ब २८ करोड रुपैयाँ बनाएको छ । कर्जा निक्षेप अुनपात ९सीसीडी रेसियो० ६९ प्रतिशत रहेको छ । क्यापिटल एडेक्वसी करिव १९ प्रतिशत छ । सीसीडी रेसियो र क्यापिटल एडेक्वसी एकदमै सहज अवस्थामा रहेकोले यस फाइनान्सलाई आगामी दिन पनि व्यवसाय विस्तारमा सजिलो पर्ने देखिएको छ ।

यस फाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति ८९० रुपैयाँ छ । वित्तीय परिसूचकहरु राम्रो देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ मात्र छ ।

त्यस्तै, संस्थाको तरलता अनुपात ४०।२९ प्रतिशत रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको अनुपात ९२० प्रतिशत० भन्दा २ गुणा बढी हो ।

वित्तीय क्षेत्रमा तरलता संकट हुँदा पनि यस फाइनान्सको व्यवसाय विस्तार राम्रो देखिएको छ । यसैगरी चालु आवमा संस्थाले ७ वटै प्रदेशमा शाखा वित्तार गरेको छ । हाल संस्थाको कुल शाखा संख्या २३ वटा पुगेको छ । आफ्ना ग्रहकहरुलाई बैंकिङ्ग प्रणली मार्फत सेवा सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्