गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

 

काठमाडौं । गण्डकी विकास बैंकले पुस ७ गते शुक्रबारदेखि ४ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद सेयरमा २०७४ माघ ११ गतेसम्म आवेदन गरी सक्नु पर्ने छ ।
बैंकले प्रभु क्यापिटल मार्फत निष्काशन गरेको सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता शेयरमा मंसिर १४ गते सम्म कायम शेयरधनिले हकप्रदमा निवेदन गर्न सक्ने छन् । बैंकको सेयरलार्इ इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । जसले बैंकको सेयर औसत रहेको जनाउँछ ।

शेयरधनीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकको कार्यालय कमलादीका साथैै गण्डकी विकास बैंकका सम्पूर्ण शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगन्ज, नेपालञ्ज, सुर्खेत र तुलसीपुर शाखाबाट समेत हकप्रद फारम प्राप्त गर्न र बुझाउन सकिने बिक्री प्रबन्धको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्