नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा आउने, कहिले देखि खुल्दैछ ?
जागरण न्युज
काठमाडौं, १० फाल्गुण । नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूहको ६१ हजार २३६ कित्ता शेयर फागुन १९ गतेदेखि लिलामी लेराउने भएको छ । यसअघि गत मंसिर २३ देखि पुष २९ गतेसम्म १०० प्रतिशत हकप्रद खुला गर्दा बिक्री नभई बाँकी रहेको शेयर अहिले लिलामी गर्न लागेको हो ।
लघुवित्तले १६ लाख कित्ता लाख कित्ता हकप्रद खुला गर्दा १५ लाख ३८ हजार ७६४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।
लिलामीमा फागुन २८ गते अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गनुपर्नेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल, काठमाडौं लगायत नबिल बैंकको वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्थाको विराटनगर, पोखरा र बुटबल शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
नाडेपले गत वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । लिलामीको शेयर बिक्री र बोनस वितरणपछि चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्