स्वावलम्बन लघुवित्तद्वारा कञ्चनपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
जागरण न्यूज–
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय, सुडाले कञ्चनपुर जिल्लाको सुन्दरपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सुन्दरपुर आसपास क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक बहादुर चन्दले स्वावलम्बन लघुबित्तले ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक बिकासमा ठुलो योगदान पुर्याउनुका साथै सामाजिक विकासमा समेत टेवा पुर्याएको बताए । उनले कर्जाको सही सदुपयोग गर्न जाने त्यसले समृद्धि तर्फ लैजाने र दुरुपयोग गरे जीन्दगीनै बर्बाद हुने भएका कारण कर्जाको सही सदुपयोग गरी उद्यमशील बन्न र भविष्य उज्ज्वल बनाउन सानो सानो बचत गर्नुपर्नेमा जोड दिए ।
शाखा प्रवन्धक मोहन बहादुर चन्दले वित्तिय साक्षरता कार्यक्रमले शाखा कार्यालय आसपासका क्षेत्रका बासिन्दाको आर्थिक सामाजिक स्तर सुधार गर्नमा सहयोग गर्ने भएकाले वित्तीय संस्थामा आवद्ध रही संस्थाको सेवाबाट लाभान्वित हुन आग्रह गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने ग्राहक सदस्य तथा स्थानीय व्यक्तिहरुले यस प्रकारका कार्यक्रमले आगामी दिनमा महिला दिदी बहिनीहरुलाई वित्तीय संस्थासंग कारोबार गरी आफुले लिएको कर्जाको सदुपयोग गरी आय आर्जन बृद्धि गर्न र खर्चमा मीतव्ययी बनी बचत गर्न सिकाएको बताएका थिए ।
कार्यक्रममा इलाका कार्यालयका प्रतिनिधि, शाखा कार्यालयका प्रतिनिधि, शाखा कार्यालय अन्तरगतका विभिन्न केन्द्रका केन्द्र प्रमुख, उप प्रमुख, सदस्यहरु, अभिभावक, स्थानीय बुद्धिजीवि, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । “स्वच्छ लघुबित्त, हाम्रो अभियान” नारा बोकेको उक्त कार्यक्रममा करिव ३०० जना महिला सदस्य, अभिभावक, जनप्रतिनिधि तथा बुद्धिजिबिहरुको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्