संसद बैठक १ बजे, विवाद चुलीएपछि मन्त्री विना मगरले आज संसदमा जवाफ दिने
काठमाडौं, १० फागुन । मेलम्चि खाने पानी विवाद चुलीएपछि सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेर विवादमा परेकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ निदे कार्यसूची तय भएको छ । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।
संघीय संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम तय भएको जनाएको छ ।
शुक्रबारका लागि तय गरिएको प्रश्नोत्तर श्रृंखलामा सांसद्हरुले यही विषयबारे जिज्ञासा राख्ने अनुमान गरिएको छ ।
संसद् सचिवालयका अनुसार, आजैको बैठकमा संसमा पेश गरिएको सूचना प्रविधि विधेयकबारे विचार गरियोस् भन्ने प्रस्ताव सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्