प्रभु बैंकले पायो नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बैंकले १०ः४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ ।

बैंकले २ अर्ब ३५ करोड बराबरको २ करोड ३५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ ।
हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्