कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्सबीच बैंकासुरेन्ससम्झौता

काठमाडौं, फागुन ९ । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफइन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृकश्री राज कुमार अर्यालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA  लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्