शतप्रतिशत हकप्रद बिक्रीको लागि प्रक्रिया अगाडी बढायो नेपाल इन्स्योरेन्सले

काठमाडौं । नेपाल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्रीको प्रक्रिया थालेको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा हकप्रद बिक्री गर्न लागेको हो ।
५ प्रतिशत बोनस शेयर दिएर कम्पनीले चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुर्याएको छ । शतप्रतिशत हकप्रद जारी पछि कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्