महालक्ष्मी विकास र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ९ फागुन । महालक्ष्मी विकास र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गदै गत माघ २७ गतेबाट बजारमा उपस्थिती जनाएको थियो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा र बीरगंजबाट सेवा सुरु गरिसकेको छ भने फागुन महिना भित्र थप १० शाखाहरु बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपूर, सूर्खेत र धनगढीबाट सेवा सुरु गर्ने तयारी भैरहेको जनाएको छ ।

बैंकास्योरेन्स सम्झौतामा महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका गर्नुभएको हो ।
यस सम्झौताबाट दुबै संस्थाका सेवाग्राहीहरुलाई लाभान्वित हुनुका साथै कम्पनीलाई समेत फाईदा हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्