सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभि प्रदान

काठमाडौं, ८ फागुन । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा अन्तर्गत एक समारोहकाबीच नेपाल आँखा अस्पताललाई एक थान टिभि प्रदान गरेको छ । उक्त टिभि सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गर्नु भएको थियो । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभि जडान गरीने जनाएको छ ।

बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताउनु भयो ।
सिभिल बैंकले आफ्नो स्थापनाकाल देखिनै संस्थागत सामाजिक उत्तरदायित्वका विविधक्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्