स्वावलम्बन लघुवित्तलाई एफपीओ ल्याउन किन रोक्यो राष्ट्र बैंकले ?
जागरण न्युज
काठमाडौं, ८ फाल्गुण । स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्न राष्ट्र बैंकले रोक लगाएको छ ।
लघुवित्तले १० करोड ४८ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको एफपीओ जारी गर्ने तयारी गरेको थियो । साथै संस्थापक र सर्वसाधारण सेयरधनीको पुँजी अनुपात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि तत्कालका लागि रोक्का भएको छ ।
हाल स्वावलम्बनमा संस्थापकको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत छ । यसलाई परिमार्जन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत बनाउने कम्पनीले प्रस्ताव गरेको थियो । सोही अनुसार स्वावलम्बनले अनुमतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पठाएको थियो । तर राष्ट्र बैंकले भने यो प्रस्ताव अस्वीकृत गरेको हो ।
स्वावलम्बनको गत पुस २६ मा सम्पन्न साधारण सभाले यी दुवै प्रस्ताव अनुमोदन गरेको थियो । सभाबाट अनुमोदन भएपछि नियामक राष्ट्र बैंकबाट अनुमति लिन स्वावलम्बनले पेश गरेको थियो । तर केन्द्रीय बैंकले यी कुनै पनि काम गर्न तत्कालका लागि स्वीकृति नदिएको लघुवित्तले जनाएको छ । केन्द्रीय बैंकले बुधबार स्वीकृति नदिएको पत्र पठाएको कम्पनीले जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्