राधी विद्युत कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनीको आज पुस ६ गते बैंकिंग समय पश्चात आइपीओ बिक्री बन्द गर्ने भएको छ । राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये कम्पनीले २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।


राधीको आइपीओमा आवेदकले धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्