प्रिमियर इन्स्योरेन्स कम्पनी(PIC) को एफपीओको बिक्री यही पुस १६ गतेदेखी खुल्दै

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC)ले पुस १६ गतेदेखी ६,५९,५६५ कित्ता थप सार्वजानिक निस्काशन एफपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।

आवेदकले पुस १६ गतेदेखि पुस १९ गतेसम्म न्यूनतम १० कित्ता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३०,२९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल लि रहेको छ । लगानीकर्ताले आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।
चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको एफपीओ निष्काशनपछि चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपीओ बिक्रीपछी इन्स्योरेन्सको चुक्ता पूँजी ६ करोड ५९ लाख ५६ हजार रुपैयाँले बढ्नेछ र जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।
हाल दोस्रो बजारमा यो कम्पनीको सेयर १५३५ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।
कम्पनीले गत बर्ष ४० रुपैयाँ प्रतिसेयर आम्दानी गरेको थियो र १८ करोड खुद नाफा कमाएको थियो । कम्पनीको जगेडा कोषमा १२ करोड, बीमा कोषमा ३२ करोड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्