सामाजिक सुरक्षा कोषमा उपत्यकाका रोजगारदाताहरु दर्ता समय आज अन्तिम, कति पुगे त दर्ता संख्या ?

समयसीमा काठमाडौं, ६ फागुन । सरकारले गत मंसिर ११ गते रमझमकासाथ सुरुवात गरेको समाजिक सुरक्षा कार्यक्रम काठमाडौं उपत्याकाका ३ जिल्लाभित्रका रोजगारदाताहरु मंसिर ६ देखि फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने समयसीमा तोकिएको थियो । त्यसको म्याद आजै सकिँदैछ ।

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकेको थियो ।

रोजगारदाताहरु कोषमा दर्ता हुने कार्य सकिएको छैन । खासै उल्लेखनीय रुपमा दर्ता हुन नआए पनि रोजगारदाताहरुको दर्ता हुने इच्छा बढ्दो मात्रामा रहेको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीको बताए ।

सामाजिक सुरक्षा कोषमा दर्ता हुनेको संख्या कति पुगे ?

समयसीमा सकिने आइतबारसम्म जम्मा १ हजार ५ सय ११ रोजगारदाताहरु कोषमा दर्ता भएको कोषले जनाएको छ ।
कोषमा आइतबारसम्म दर्ता भएका १ हजार ५ सय ११ मध्ये ९० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकाभित्रैका छन् ।

यद्यपि सुरक्षा कोषमा दर्ता नै नभए पनि बुझ्न आउने क्रम जारी रहेकाले निराश हुनुपर्ने कुनै कारण नभएको कोषले जनाएको छ ।

उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्रको समयसीमा दिइएको छ । त्यसैगरी प्रदेश १ का रोजगारदाताले पुस १ देखि चैत १ सम्मको समयसीमा पाएका छन् । प्रदेश २ का रोजगारदाताले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का रोजगारदाताले माघ १ देखि बैशाख १ गतेसम्मको समयसीमा पाएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र सामाजिक सुरक्षा कोषमा निवेदन दर्ता गराउनुपर्ने गरी समयसीमा तोकिएको थियो ।

आइतबारसम्म देखिएको १ हजार ५ सय ११ रोजगारदाताहरु धेरै कम भएको र कोषले योगदान रकम संकलन गर्नु अघिसम्म भने रोजगारदाताहरु आइसक्नेमा कोष विश्वस्त छ ।

केही ठूला रोजगारदाताहरुले दिँदै आएको सेवा सुविधाभन्दा यो कम हुने र साना रोजगारदाताहरुले दिएको सुविधा भन्दा धेरै भएकाले धान्न नसक्ने र सक्दैन कि भन्ने कुराहरु पनि आएको छ ।

यद्यपि, पछिल्लो समय भने रोजगारदाताहरुको अत्यधिक चासो देखिएदै गएको र दर्ता हुनका लागि बुझ्न आउने क्रम भने रोजगारदाताको बढ्दो रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्